प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

 

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छलफल गर्दै चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । साथै, नागरिकको जीउधनको सुरक्षामा कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन र शान्ति–सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्

प्रकाशित मिति : बिहिबार, कार्तिक १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij