दशरथ रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

दशरथ रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

काठमाडौं
१३ औँ दक्षिण एसियाली खेलकुद साग को समापन समारोहको दिन मंगलबार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ। दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन्। डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन्। उनीहरुले पक्रिसकेपछि पनि सर्वसाधारणमाथि जथाभावी कुटपिट गरेका थिए। सर्वसाधारणमाथि जाइ लागेका बेला फोटो खिचेको आरोपमा डिएसपी राठौरले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि लात्ती नै बर्साएका छन्। उनीलाई एकजना प्रहरीले पक्रिएपछि राठौरले पछाडिबाट लात्ती बर्साएका हुन्। नेपाल र भुटानबीच हुने फुटबलको फाइनल भीडन्तको टिकटको मूल्य दोब्बर बढाएपछि सर्वसाधरण विरोधमा उत्रिएका थिए। फुटबल हेर्न रंगशाला आसपास जम्मा भएका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको थियो। विवाद चर्किँदै गएपछि प्रहरीले दर्शकलाई जथाभावी कुट्न थालेको थियो। दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेको भन्दै पत्रकार चापागाईंमाथि राठौरसहितले कुटपिट गरेका हुन्। पत्रकार चापागाईंलाई प्रहरीले आयोजकबाट उपलब्ध ुएक्रिडेसन कार्डु लगाएको अवस्थामा समातेर कुटेको हो। प्रहरीको कुटपिटबाट चापागाईंको कानबाट रगत आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार बिहानैदेखि प्रहरी दर्शकमाथि जाइ लागेको थियो। त्यसक्रममा चापागाईंले फोटो खिचेपछि प्रहरीले मुख छाड्दै उनैलाई कुटपिट गरेका हुन्।
थाहा खबर

प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij