रुपन्देहीमा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

रुपन्देहीमा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

तिलोत्तमा, लागुऔषध ब्राउनसुगरको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवामा लागुऔषधको कारोबार भइरहेको सूचनापछि खटिएको प्रहरी टोलीले भारतको उत्तर प्रदेश, महाराजगञ्ज जिल्लाको जगन्नाथपुर निवासी ४० वर्षीय रामायन प्रसादलाई पक्राउ गरेको हो।
उनको साथबाट २५ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ परेका प्रसादलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : शनिबार, कार्तिक २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij