सकियाे बुटवल दीपावली सडक खाना महोत्सव

सकियाे बुटवल दीपावली सडक खाना महोत्सव

 

बुटवलकाे सुख्खानगरमा सञ्चालन गरिएकाे दीपावली सडक खाना महाेत्सव-२०८३ सकिएकाे छ । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवल उद्याेग वाणिज्य संघ, रुपन्देहीले आयाेजना गरेकाे दीपावली सडक खाना महाेत्सव आईतबार राती सकिएकाे हाे ।

बुटवल उपमहानगरपालिका संरक्षकत्वमा वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा आयाेजना गरिएकाे महाेत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५५ वटा स्टल राखिएकाे थियाे ।

महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री बिक्री गरिएकाे थियाे ।

स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको र बुटवलबासीकाे उत्साहजनक सहभागिताले आफूहरुलाई थप हाैसला मिलेकाे संघका अध्यक्ष नरिश्वर शर्मा पाैडेलले बताए । महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाएकाे भन्दै उनले खुसी व्यक्त गरे ।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत गरिएकाे थियाे । कार्यक्रम समापनमा संघले शुक्र टाेबिकास समिति र बुटवल ८ वडा कार्यालयलाई सम्मान गरेकाे छ । संघले महाेत्सव सम्पन्न गर्नका लागि साथ सहयाेग गरेकाेमा सम्मान गरेकाे हाे ।

खुमनले नचाए दर्शक

 

महाेत्सवकाे अन्तिम दिन आइतबार साँझ दाेहाेरी गायक खुमन अधिकारीले महाेत्सवका दर्शकलाई भरपुर नचाए । स्टेजबाट उनले गाउँदा दर्शक विर्घाबाट संगै गाउने, नाच्ने र हुटिङ् गर्नेले शुक्रपथ मात्रै हाेईन सिंगाे बुटवल उचालिएकाे थियाे ।

उनले गाएका भिर्ने झाेलामा, अझैपनी लगन आछैन लगायतका थुप्रै गित गाएका थिए । त्यसैगरी पुरुषाेत्तम भण्डारी (पुर्खे बा)काे थुप्रै गित गाएर भरपुर मनाेरञ्जन प्रदान गरे ।

महाेत्सवकाे पहिलो दिन कात्तिक २० गते महाेत्सवकाे उद्घाटनसंगै स्थानीय ब्यान्डको प्रस्तुति रहेकाे थियाे भने दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहेकाे प्रचारप्रसार संयाेजक गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय कलाकारहरुकाे समेत प्रस्तुती रहेकाे थियाे ।

संघकाे कार्यसमितिलाई शुक्रपथकाे सम्मान

त्यसै अवसरमा शुक्र टाेलबिकास समितिले बुटवल उद्याेग वाणिज्य संघकाे सिंगाे कार्यसमितिलाई सम्मान गरेकाे छ । बुटवल उद्याेग वाणिज्य संङकाे हालै सम्पन्न अधिवेशनबाट नरिश्वर शर्मा पाैडेलकाे नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई शुक्र टाेलबिकास समितिले खादा मालासहित सम्मान गरेकाे हाे ।

प्रकाशित मिति : सोमबार, कार्तिक २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij