यमपञ्चकको चौंथो दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मनाईंदै

यमपञ्चकको चौंथो दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मनाईंदै

काठमाण्डौ , कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौंथो दिन आज गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । कात्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

वर्षभर खेतबारी जोतेर कृषि कर्ममा सघाउने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । यसै गरी, हली तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरिन्छ । आजको दिनलाई हली तिहार पनि भनिन्छ । तिहारको तेस्रो दिन हिजो गाईको पूजा गरिएको छ ।

अस्ति लक्ष्मीपूजा तथा कुकुर तिहार र शनिबार काग तिहार परेको थियो । यमपञ्चकको अन्तिम दिन अर्थात् भोलि यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि भोलि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij