खेलकुदमन्त्री र सदस्यसचिवलाई बर्खास्त गर्न तरुण दलको माग

खेलकुदमन्त्री र सदस्यसचिवलाई बर्खास्त गर्न तरुण दलको माग

काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं साग खेलकुदमा भ्रष्टाचार भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बर्खास्त गर्नुपर्ने मागगर्नुभएको  छ ।
साग खेलकुद सम्पन्न भएको २४ घण्टा नबित्दैआज बिहान तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरेर साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा–सुविधामा भ्रष्टचार भएको दाबी गर्दै सदस्य सचिव सिलवाल र खेलकुदमन्त्री विश्वकर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।
उहाले सिलवाल र विश्वकर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारबाही गर्नुपर्ने पनि माग गर्नुुभएको छ। तरुण दलले बिना टेण्डर साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी पाएको ई–सेवाले पनि टिकट बिक्री वितरणमा ठगी धन्दा सञ्चालन गरेको दाबी गर्दै कम्पनीमाथि छानबिन प्रकिृया सुरु गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।
तरुण दलले साग खेलकुदको रकमबाट मन्त्रीहरुलाई दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर गरेको छ । “खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलले मन्त्रीहरुको चाकरीका लागि खेलकुद परिषद्का सदस्य सचिव सिलवालले साग खेलकुदको रकमबाट दौरा सुरुवाल उपलब्ध गराएको दाबीसमेत गरेको छ । “५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
तरुण दलले देशको ईज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेका पदक जित्ने खेलाडीहरुलाई धन्यबाद दिँदै स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषदसँग माग गरेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij