काठमाडौ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरे पनि दुई घण्टा ढिला गरी सुरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केहीबेरमै टुंगियो।आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेपछि सुरू भए पनि मुख्य एजेन्डामा प्रवेश गरेन।गत बिहीबार सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४१ पुर्याउने र विभागलाई पूर्णता दिनेलगायत ९ एजेन्डा पेश गरेका थिए।ती एजेन्डामाथि छलफलका लागि बसेको बैठक एजेन्डामा प्रवेश नै नगरीभोलीदिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।केहीबेर बसेको बैठकले चार वटा निर्णय भने गरेको छ।पौडेल पक्ष सहभागी नभए पनि बैठक सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिन केही निर्णय भएका छन्।कांग्रेसले धनुषामा बम पड्किएर भएको घटना, सडक दुर्घटना र पार्टी कार्यकर्ताको निधनमा समवेदना दिने निर्णयहरू गरेको हो।सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण र रमेश लेखकले धारणा राख्नुभयोबैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सहमति जुटाएर भोली फेरि बैठक बस्ने जानकारी दिनुभयो
‘
प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्