दैलेख ।
दैलेखमा गाँउपालिका प्रमुख अपहरणमा परेका छन् । जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन् शाहीको वडा नम्बर २ को श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिए।समूहमा आएका उनीहरुले प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको बताएको शाहीको भनाइ छ।अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ। सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताए।उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताए।यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ।
प्रकाशित मिति : आइतबार, पुष ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्