औद्योगिक दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

औद्योगिक दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

रुपन्देही
उद्योग र उद्योगीको हकहित संरक्षण, सम्वद्र्धन र औद्योगिक विकासको लक्ष्य सहित विसं२०३५ साल मंसिर १५ गते स्थापित रुपन्देही उद्योग संघ ४२ औं वर्षमा प्रवेश गरेको छ । स्थापना एवं औद्योगिक दिवस २०७६ को अवसरमा एक समारोहकाबीच सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीज्यूको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो । समारोहमा बोल्नुहुँदै अध्यक्ष बोहोराले संघ स्थापनादेखि यहा“सम्म ल्याईपु¥याउन अग्रजहरुले खेलेको भूमिका, स्मरण गर्नुहु“दै दिवसको अवसरमा, संस्थापक सम्मान, उद्योगी, संचारकर्मी एवं औद्योगिक कामदारका छोराछोरीलाई छात्रबृत्ति प्रदान गर्न पाउँदा संघ परिवार हर्षित भएको र संघले आगामी दिनमा औद्योगिक विकासको गतिलाई थप तिव्रता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । समारोहमा बोल्नुहुँदै कार्यक्रमको प्रमखु अतिथि प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले औद्योगिक विकासको लागि उद्योग व्यवसायलाई नयाँ प्रविधिसँग जोड्नु पर्ने बताउनु भएको छ ।उद्यमशिलताको विकास र उत्पादन वृद्धिले मात्र देशलाई समृद्ध बनाउन सकिने भन्दै मन्त्री गिरीले उद्योग व्यवसायलाई प्रविधिसँग जोड्न जरुरी रहेको बताउनु भएको हो।
मन्त्री गिरीले कतिपय नीति तिनतहका सरकारसँग जोडिएका कारण पनि जटिलता हटाउन ढिलाई भएको बताउनु भयो । उहाँले शैक्षिक नीति र सरकारी नितिको अभावमा दक्ष जनशक्ति उत्पादन गर्न कठिनाई हुँदा बाहिरबाट जनशक्ती ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । मन्त्री गिरीले प्रदेश सरकारले उद्योगहरुको प्रवद्र्धन र उद्योगीहरुको हितलाई मध्यनजर गर्दै नीति निर्माण गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले ४२ वर्षको ईतिहाँस बोकेको रुपन्देही उद्योगले रुपन्देही जिल्लाको मात्र नभई समग्र देशकै आर्थिक तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्दै देशलाई संमृद्धीको यात्रामा अगाडी बढाउने कार्यमा पनि योगदान पु¥याउन आग्रह गर्नुभयो । पुर्व सभासद बामदेव क्षेत्रीले निजी क्षेत्रलाई समावेश नगरी बनाईएका उद्योग नितिले उद्योगको विकास गर्न नसक्ने भन्दै औद्योगिक विकासका लागि समयसापेक्ष उद्योग नीति आवश्यक रहेको बताउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलको स्वागत, प्रथम उपाध्यक्ष दिलीप सापकोटाको धन्यवाद तथा महासचिव जिवकान्त काफ्लेको संचालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश नं। ५ संयोजक एजाज आलम, संघका पुर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, सम्मानित उद्योगी मित्रलाल न्यौपाने तथा पुरस्कृत पत्रकार नरेश केशीले औद्योगिक विकासको माध्यमबाट देशलाई संमृद्ध बनाउने यात्रामा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो।उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार नरेश केशीलाई उद्योगीहरु सम्मानित.रुपन्देही उद्योग संघले र स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार नरेश केशी पुरस्कृत हुनुभएको छ । रुपन्देहीको भैरहवा र लुम्बिनीलाई कार्यक्षेत्र बनाई राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार केशीलाई संघको स्थापना दिवसको अवसरमा पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम तथा संघका अध्यक्ष बाबुराम बोहोराले पत्रकार केशीलाई दोसल्ला ओढाई सम्मानपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नुभएको हो । २०५७ सालमा ५ हजार राशीबाट स्थापना गरिएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारको राशीलाई गतवर्षदेखि ३५ हजार ५ सय ५५ रुपैया बनाईएको छ । त्यस्तै रुपन्देही उद्योग संघले विभिन्न विधाका ५ जना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरेको छ ।
संघले कृषि तथा पशुजन्य उद्योगतर्फ एनएस एग्रो एण्ड लाईफ स्टक, युवा उद्यमीतर्फ भुसाल केबल एण्ड वायर इण्डष्ट्रिजका अंमृत भुसाल, महिला उद्यमीतर्फ सिद्धार्थ डेरीका गिता भट्टराई, प्रविधि उद्योग तर्फ बुटवल रेडिमिक्स र पशुपालन तर्फ बस्नेत गाईभैंसी फर्मलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको हो । त्यस्तै स्थापना दिवसको अवसरमा २०३५ सालमा संघलाई स्थापना गर्ने संस्थापक सदस्य कालिप्रसाद चौधरी तथा संघका पुर्व कार्यालय सचिव टिकाराम शर्मालाई सम्मान गरिएको थियो । यसैगरी संघले उद्योगमा कार्यरत मजदुरका छोराछोरीमध्ये दुईजनालाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति प्राप्त गर्नेहरुमा दुर्गादत्त माविमा अध्ययनरत दिपीका गुरुङ र रामनगर माविमा अध्ययनरत लिल बहादुर गुरुङ रहेका छन् । दुवैजनालाई नगद १०१५५ हजार सँगै झोला तथा कापी कलम प्रदान गरिएको थियो । संघको स्थापना दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ११ गतेदेखि १५ गतेसम्म रु। १ मा ओपिडी टिकट, सुगर र युरिनरी सेवा तथा फुलबडी चेकअपमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराएको थियो ।स्थापना दिवसकै अवसरमा १५ गते बिहान रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गर्नु भएको संयोजक यमलाल भट्टराई जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij