काठमाण्डौ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरेको बताएको छ ।
फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले शान्तिपूर्ण वार्ताबाटै निकास चाहेको बताए ।
मन्त्री बाँस्कोटाले विप्लव नेतृत्वको पार्टीलाई नभै उसका आपराधिक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएको पनि स्पष्ट पारे ।
हिंसा र ज्यादतिको उन्माद सैह्य नभएको साथै आपराधिक क्रियाकलामा संलग्न जोसुकैलाई पनि सरकारले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत रहेर कारबाही गर्ने पनि उहाँले बताए ।
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन समूहसँग गरिएको सहमतिको प्रसंग निकाल्दै सञ्चार मन्त्री बाँस्कोटाले विप्लवलाई पनि त्यस्तै स्वागत गर्न सरकार आतुर रहेको बताए ।
विप्लव नेतृत्वको नेकपालाई पटक–पटक वार्ताका लागि पहल गर्दा पनि बेवास्ता गरेको बताउँदै मन्त्री बाँस्कोटाले अझै पनि वार्तामा आए रातो कार्पेट नै ओछ्याएर नै स्वागत गर्ने बताए ।
मन्त्री बाँस्कोटाले कुनै पनि राजनीतिक समस्याको समाधान वार्ता र छलफलबाटै होस् भन्ने सरकारले चाहेको पनि बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्