प्रेम साटासाट गर्ने उत्सव हो होली

प्रेम साटासाट गर्ने उत्सव हो होली

होली अति नै प्राचीन पर्व हो । नेपाल एवं भारतमा विशिष्ट तरिकाले यो पर्व मनाउँदै आएको पाइन्छ । यो पर्व वसन्त ऋतुमा मनाउने सुन्दर पर्व हो । यसलाई होली, फागुवा, होरी, फागू भन्ने गरिन्छ ।

यो पर्व हिन्दूहरुले ठुलो पर्वको रुपमा मनाउने गर्दन् । हाम्रो नेपालमा पनि होली धुम–धामका साथमा मनाउने गरिन्छ । यस पर्वलाई फागु पनि भन्ने गरिन्छ । किशानको वाली नालि भित्र्याई सकेपछि राम्रो खेती भएको खुशीका उपलक्ष्यमा सवैले एक आपसमा रमाईलो गर्दै रंग खेल्ने मनमा भएका कटुतालाई मेटाउदै गला मिल्ने प्रेम साटा साट गर्ने उत्सव हो होली ।

होली पहाडमा भन्दा तराईमा धुम–धामकासाथ मनाउने प्रचलन रहेकोछ । तराईमा होरी भनेर एक आपसमा गला मिल्ले अवीर लगाई दिने मिठाई खुवाउने पनि गरिन्छ ।

पहाडमा पूर्णिमाका दिन फागु खेली नाचगान गर्दै मनाइन्छ भने तराईमा भने होलीका दहन गरेपछी मात्र दोस्रो दिन मनाउने गरिन्छ । होलिका चिरदहनको लागि होलाष्टक फाल्गुनशुक्ल अष्टमीकादिन देखि बिधिपूर्वक बाँस या काठको लिङ्गो गाडेर पात–पतिङ्गर हरु थुपारी पूर्णिमाका दिन होलिका दहन गर्ने प्रचलन रहेकोछ ।

होलिका दहनको लागि प्रदोषव्यापिनी (ब्रतले सहितभएको दिन) पूर्णिमा लिनुपर्छ । “प्रदोषव्यापिनी ग्राह्या पूणिमा फाल्गुनी सदा” होलिका दहन कहिले र कहाँबाट सुरुभयो त ? यस बिषयमा पुराणादिमा उल्लेख गरिएको छ ।

होलीबारेको कथा
सत्युगमा दैत्यहरुका राज हिरण्यकशिपु भएका थिए उनले भगवान बिष्णुले आफ्नो भाईको वधगरेका कारण विष्णुलाई शत्रु सझन्थ्यो । उसका का चार भाई छोरा थिए ।

तिनीहरुमा कान्छा प्रह्लाद भगवानविष्णुका भक्तभए । प्रह्लादले अहर्निस भगवानको नाम जप्न थाले तर त्यो कुरा हिरण्यकशिपुलाई पटकै मन परेको थिएन विष्णुले आफ्नोभाई लाइ वधगरेका करण उसले पनि विष्णुलाई कसरी वधगर्न सकिन्छ भन्ने उद्यतमा थियो । पुत्रलाई संझाई बुझाई विष्णुको भक्तिनगर्न आग्रहग¥यो,

तर भक्तिको रङ्गमा रंगिएका प्रह्लादले विष्णुको आराधना छोड्न सकेनन् साम,दाम,दण्डले संझाउदा नभएपछि आफ्नैपुत्रलाइमार्र्र्ने निर्णय गरेर आफ्नो अनुचरहरुलाई मार्न लगायो ।

पहाडबाट खसालियो, हात्तीबाट कुल्चाइयो,आगोमा होमाइयो तर सत्यबाट उनलाइ कसैले डगाउन सकेन विष्णु स्वयम रक्षक भएकोले कार्यमा सफलता हात लाग्न सकेन, हर प्रयास विफल भएपछि चिन्तित वसीरहेको अवस्थामा होलिका नाम गरेकी उसकी बहिनी आइपुगी आफ्नो दाजुको मुख मलीनदेखेर मलीनताको कारण सोधी उदासहुदै हिरण्यकशिपुले भन्यो वैनी तिम्रो भतिजो कुलङ्गार भयो के गर्ने ?

शत्रुको भक्ति गर्छ छोड भन्यो मान्दैन मारिदिन्छु भनेर धेरैयत्न गरेँ तर सवै यत्नमा विफल भए अव केगरौ सायद मलाइ मार्न त्यो विष्णुनै प्रह्लादको रुपमाआए जस्तो छ । होलिकाले भनी दाजु तपाँइ चिन्तानर्गनुस मसगँ आगोले नजलउने वरदानमा पाएको पछौरा छ ।

म पछौरा ओढेर प्रह्लादलाइ काखमा लिएर बस्छु बाहिरबाट आगोलगाइ दिनु उक्त पछौराको प्रभावले मलाइ केहिहुदैन प्रह्लाद जलेर भस्महुनेछ । होलिकाले सिकाए अनुरुप आगोलगाए तर दैवलाई गर्नु अर्कै थियो ।

प्रह्लादलाइ केहि भएन होलिका भने जलेर भस्मभई होलिका जलेर भस्म भएको र सत्यको जित भएको यादमा होलिकोत्सव मनाउन थालियो । अर्को प्रसङ्गमा होली लाई रसराज श्रीकृष्णले पूतनानामकी राक्षसीलाई मारेपछि खुशीका साथ ब्रजवासीहरु रंग, अविर गुलाल एक आपसमा लगाउदै खुशी मनाए त्यस समयबाट होली सुरुभयो भन्ने पनि भनिन्छ ।

अर्को भविष्योत्तरपुराण मा वासुदेव कृष्ण सगँ युधिष्ठिरले फागु किन मनाइन्छ र होलिका किन जलाइन्छ भन्ने प्रश्नमा कृष्णको उत्तर यस्तो रहेको छ – राजा रघुको राज्यमा सर्वत्र सुख–शान्ति थियो ।

त्यसैवेला त्यहाँ एउटा ढुण्ढा नामक राक्षसीले बच्चाहरु चोर्न थाली राज्यमा हाहाकारभयो जनता आतङ्कितभए उक्त रक्षसीलाई कुनै उपायले मार्न भगाउन नसकेपछि राजाले आफ्ना कुलगुरु सवै हाल सुनाए ।

गुरुले योगबलद्वार हेरेर रक्षसीलाई राज्यबाट धपाउन फागुनको पूर्णिमाको दिन अग्निकुण्मा आगो बाली सबैले नाच्नु, गाउनु, हाँस्नु गर्नाले राक्षसी भाग्नुका साथै राज्यमा सुख, शान्ति छाउनेछ । र त्यसैदिन देखि होलिका मनाउन थालियो ।

होली पर्व जहाँ जसरी सुरु भएपनि हाम्रो पर्वले विदेशीहरुको मनलाई पनि मोहित गरेको छ । रंगको पर्वले के सना के ठुला धनी, गरिव, जातिय भेदभावलई त्यागदै एकै सुत्रमा बाँधिने सन्देश दिएको छ ।

होलीमा रंग खेल्ने चलन रहेको छ । रंगमा पनि रातो, पहेँलो अबिर, केशरी लगाउने गरिन्छ । रातो रंगलाई सौभाग्य र भाग्य को प्रतीक मनिन्छ भने पहेंलो लाई शुभ र सुख को प्रतीक मानिन्छ ।

आयुर्वेदका चरक आदि ग्रन्थमा पनि अबिर केशरी रंग हरुको प्रयोग गर्नाले जीवनमा हर्षोलास भरिने र छालाका विभिन्न रोग निर्मूल भई छालाको सुन्दरता वढ्ने कुराको चर्चा गरिएको छ ।

सबैप्रकरका भेदभाव लाई अन्त्य गर्ने पर्वको रुपमा पनि होलीलाई मान्न सकिन्छ । किनभने होली खेल्ने वेलामा ठूलो सानो धनी गरीब को कुनै पर्दा हुदैन सवै एकै ठाउँमा एकतृत भएर रमाइलो गर्दै आपसमा प्रेम साटा साट गर्छन् । होली पर्वले अर्को्तिर तिर जातीय वादमा रोमलीयको समाजलाई जातीय भेदभाव लाई त्यागी अगाडि बढ्ने सन्देश पनि दिएको छ ।

छुवाछूत, धनी गरिव, जातिपातीको भेदभावलाई भुलाई सबैलाई एउटै रंगमा रंगाउने गर्छ होली ले । यस्तो एकता र समताको संदेश दिने चाडपर्वलाई नशा र कुरीति सँग जोडनु विडम्बना हो । हालको समयमा युवाहरूले पनि चाडपर्वको महिमा र मर्यादालाई बुझ्नुपर्छ ।

पर्व केवल खानु पिउनु तड्क भड्क देखाउनु मात्रहैन त्यसको विषेशता के हो यो कुरा पनि बुझ्नु जरुरी छ । होली भनेको जवरजस्ती रंग लगाई दिने , अनावश्यक मादकपदार्थ सेवन गरि झगडा गर्ने आपसमा पिटापिट गर्ने, यो चाडपर्वको मर्यादा होइन । सम्पूर्ण जाती, धर्म, व्यक्ति सबैलाई एकताको सुत्रमा बाँध्ने कार्य होली ले गर्दै आईरहेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij