नेपाल गणित समाजद्धारा माध्यमिक तहमा गणित शिक्षण कार्यशाला सम्पन्न

नेपाल गणित समाजद्धारा माध्यमिक तहमा गणित शिक्षण कार्यशाला सम्पन्न

बुटवल ।
नेपाल गणित समाजले आज माध्यमिक तहमा गणित शिक्षण कार्यशाला सम्पन्न गरेको छ । होराइजन गौतमबुद्ध स्कुलमा माध्यमिक तहमा गणित शिक्षण कार्यशाला आयोजना गरेको थियो विभिन्न विद्यालयबाट सहभागि ३८ गणित शिक्षकहरुलाई कसरी अध्यापन गराउँदा प्रभावकारी हुन्छ भन्ने विषयमा प्रस्तुतीकरण भएको थियो ।गणित अध्यापनको परम्परा विषयमा शेषराज कुमार शर्मा, माध्यमिक तहमा गणितको शिकाई कौशलता विषयमा गोपाल प्रसाद आचार्य, ज्यामिति अध्यापनका विषयमा तुल्सी प्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रदेश ५का सामाजिक बिकास मन्त्रीले गणित बिषय कमजोर हुन नहुने देशमा गणित कमजोर हुँदा विकासले सहि गति लिन नसकेको भनाइ राख्नुभएको थियो । गणित बिषय मानवीय जिवनमा नजिकभएकोले गणित बिषयमा कमजोर हुदा बिकासले गति लिन नसकेको बताउनुभयो ।। उहाले गणित अध्यापनमा नीतिगत सुधारको आवश्यकता रहेको बताउनभयो ।
देशको अर्थतन्त्र समग्र गणितका आधारमा संचालन हुने भन्दै मन्त्री वरालले गणितमा दक्ष जनशक्ति उत्पादनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल प्याब्सन रुपन्देहीका उपाध्यक्ष कमल रेग्मी ,नेपाल गणित समाजका प्रदेश सचिव गोपाल प्रसाद आचार्यलगायतले गणित विषय अफ्ठारो विषय हो भन्ने मनोविज्ञानलाई तोड्न जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, मंसिर ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij