बुटवल
नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले आफना कमीकमजोरी औल्याइदिनेका आवाज बन्द गर्दै सरकार नजिकका भ्रष्टाचारी र अपराधी संरक्षण गर्न सहज बातावरण तयार गरीरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सरकारले आफना कमीकमजोरी लुकाउन र भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरीरहेको बताउनु भएको हो ।
देशमा भएका ठुलठुला भ्रष्टाचार र अपराधका घटनामा सरकार नजिकका मान्छेहरु परेकाले तीनको संरक्षण गर्ने र जनताको आवाज बन्द गर्ने नियत सुचना प्रविधि लगायतका बिद्येयकहरुमा स्पष्ट देखिएको बताउनु भयो । कानुन सबैकालागि बराबर हुनु पर्नेमा जोड दिदै नेता कोइरालाले भन्नुभयो ‘सरकारले कमिकजोरी गर्दै जाने । उसका मान्छेले भ्रष्टाचार गर्दै जाने अनी त्यसका बिरुद्ध जनतालाइ बोल्नै नदिने ?’ । सोशल मिडीया र संचार माध्यमहरु नियमन गर्नुपर्नेमा आफु सहमत भएपनि हालै पास गरीएको सुचना प्रविधि बिधेयक भने सरकारका गलत क्रियाकलापका बिरुद्ध उठीरहेका आवजलाइ दबाउनकै लागि ल्याइएको दावी उहाँले गर्नुभयो । ‘सरकार र उसका मान्छेहरुले जे गरेपनि हुने अनी तीनै कमिकमजोरी औल्याइदिने जनताको मुख थुन्न कानुन बनाउने ? यसतो सरकारले कसरी समृद्धि ल्याउछ ?’ नेता कोइरालाले भन्नु भयो ।सरकारको यस्तै रबैया रहीरहे प्रजातन्त्र नै मासीने खतरा उहाँले औल्याउनु भयो ।

निर्मलाका बलत्कारी र हत्यारा बिरुद्ध सरकार र सरकार नेतृत्वको पार्टीका सभासदहरु समेत चुइक्क नबोल्नुले सरकार र नेकपा जनताको पक्षमा नभइ आफनो पार्टी हितका पक्षमा मात्रै लागेको आरोप कोइरालाको छ । सरकारले नै निर्मलाको हत्यारा र बलत्कारीलाइ संरक्षण गरेको भन्दै नेता कोइरालाले भन्नुभयो ‘प्रधानमन्त्रीले देश बनाउछु भन्नुहुन्छ तर खै त नीर्मलाका बलात्कारी, हत्यारालाइ कारबाही गरेर देखाएको हिम्मत छ ?’।
नेता कोइरालाले आन्तरिक बिबाद त्यागेर एक ढिक्का हुन नसके काँग्रेस आगामी निर्वाचनमा झन कमजोर हुने टिप्पडी पनि गर्नुभयो । बिधानले नै पाटी र नेताहरुलाइ बलियो बनाउने भन्दै उहाले पार्टी नेतृत्वले सबैलाइ मिलाएर लैजानु पर्नेमा जोड दिनु भएको हो । ‘दुइटै पक्षले एक चोटी मिलेर हेर्नुस त । इगो, रिस राग लाभ सबै त्यागेर पार्टीलाइ बिधान सम्बत हिडाउनुस र जिताउनुस अनी तपाइहरु झगडा गर्नुहोला’ नेतृ कोइरालाले भन्नुभयो । केन्द्रमा बिबाद भयो भनेर त्यसैको सिको नगर्न जिल्लाका नेताहलाइ आग्रह गर्दै उहाँले मिलेर अगाडी बढ्न र पार्टीलाइ जिल्ला स्तरबाटै बलियो बनाउनु पर्नेमा पनि जोड दिनुभयो। कार्यक्रम प्रेस युनियनका सभापती रेखा भुसालको अध्यक्षता र सहसचिव कल्पना तिवारीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्