काठमाडौं
नेपाली कांग्रेस संसदीय दलको बैठक भोली बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तारूढ दलकै कारणले सभामुख चयनको विषयमा विवाद भई संसद बन्धक भएको भन्दै छलफल गर्न बैठक आह्वान गरेको सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। ‘सत्तारूढ दलले नै संसदलाई बन्धक बनाएको छ,ु खाँडले भन्नुभयोहाम्रो बैठकको उद्देश्य जतिसक्दो बैठक सञ्चालन गर्न र सभामुख चयनको प्रक्रिया अघि बढाउन दबाब दिनु नै हुनेछ। हामी बैठकमा अब संसदमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने बारे पनि छलफल गर्नेछौँ।ु
प्रकाशित मिति : बिहिबार, माघ २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्