प्रम ओली र मोदीद्वारा आज चेकपोस्ट समउद्घाटन गरिदै

प्रम ओली र मोदीद्वारा आज चेकपोस्ट समउद्घाटन गरिदै

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले आज बिहान ११ बजे बिराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोष्ट तथा नुवाकोट र गोरखामा पुननिर्मित आवास घरहरूको भिडियो प्रविधिमार्फत संयुक्तरूपमा उद्घाटन गर्नुहुन्छ ।
विराटनगर महानगरपालिका–१८ बुधनगरमा १२८ बिघा जग्गामा निर्माण गरिएको सो चेकपोष्ट नेपालतर्फ आठ वटा प्रशासनिक भवन, पाँच वटा प्रोसिसेड भवन, नौ किलोमिटर सडक, अढाइ किलोमिटर नालासहित बत्ती, बगैंचा, पार्किङस्थल निर्माण गरिएको बताइएको छ । भारतले आफ्नो भूमि जोगवनी नगरपालिकाको भेडियारीमा १४ सय मिटर लम्बाइ र ५ सय मिटर चौडाइको क्षेत्रफलमा आईसीपी निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।
भारत–नेपालबीच व्यपार तथा दुई देशको जनतालाई आवतजावतमा सुविधा प्रदान गर्नका लागी जोगबनी–विराटनगर इन्टीग्रेटेड चेकपोष्टको निर्माण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सन् २०१८ मा दुवै देशको बीचमा पहिलो इन्टीग्रेटेड चेकपोष्ट रक्सौल–वीरगञ्जमा निर्माण गरिएको थियो ।
यसअघि दुवै देशका प्रधानमन्त्रीले यसैगरि पेट्रोलियम तेल पाइपलाइनको उद्घाटन गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री कार्यालयले हिजो आफ्नो ट्वीटमार्फत यो कुराको जानकारी गराउँदै दुवै देशको प्रधानमन्त्रीले भारतको सहयोगमा गोरखामा भूकम्पबाट क्षतिको भएको घर निर्माणको प्रगतिलाई पनि अवलोकन गर्नुहुन्छ । भारतले गोरखा र नुवाकोटमा गरी ५० हजार घर निर्माण गर्ने प्रतिवद्धता गरेको थियो त्यसमा ४५ हजार घर निर्माण गरिसकेको भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij