बुटवल – राष्ट्रिय सभा सदस्यका लागि दाङमा आज बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने छ । फागनुबाट रिक्त हुन लागेका १९ जना सदस्य मध्ये १८ पदका लागि हुन लागेको निर्वाचनमा प्रदेश ५ मा ३ सदस्यका लागि ३०५ जनाले मतदान गर्ने भएका छन् ।
घोराहीको कर्मचारी मिलन केन्द्र घोराहीमा निर्धारण गरिएको क र ख मतदान केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने छ ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन् भने ’ख’ मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । ’क’ मतदान केन्द्रमा प्रदेश ५ का ८७ जना प्रदेश सभा सदस्य मतदाता रहेका छन् भने ख मतदान केन्द्रमा प्रदेश भरका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना मतदाता रहेका छन् ।
तीन सदस्यका लागि नौजनाको उमेदवारी परेको छ । कुल ३ जना सदस्यका लागि प्रमुख सत्तारुढ दल नेकपा, प्रतिपक्षी दल नेपाली कांग्रेस, जनमोर्चा, रापजा, संघीय समाजवादी पार्टीलगायत दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
’क’ मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा गजेन्द्रबहादुर एमसीलाई र ’ख’ मतदान केन्द्रमा सुशील देवकोटालाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । एक मतदान केन्द्रमा मतदान अधिकृतसहित ८ जनाका दरले दुई वटै मतदान केन्द्रमा १६ जना खटिएको मुख्य निर्वाचन अधिकृत थापाले बताउँनुभयो । मतदान अपरान्ह ४ बजेसम्म चल्ने उँहाले बताउँनुभयो ।
मतदाताले मतदान गर्न ४ बजेभित्र मतदाता परिचय पत्र वा फोटोसहितको परिचय खुल्ने परिचय पत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाइएको उँहाको भनाई छ ।
अहिले मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समन्वय समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । सैब ठाउँमा शान्ति पूर्ण तरिकाले मतदान हुने निवार्चन आयोगले जानकारी दिएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्