चीनको नयाँ वर्षमा राष्ट्रपति भण्डारीद्धारा भिडियो सन्देश मार्फत शुभकामना

चीनको नयाँ वर्षमा राष्ट्रपति भण्डारीद्धारा भिडियो सन्देश मार्फत शुभकामना

काठमाडौं ।
राष्ट्रपति विद्या भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाउनु भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भिडियोमार्फत शुभकामना सन्देश पठाउनु भएको हो
राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको हो । जनवरी २५ देखि १५ दिनसम्म चीनले नयाँ वर्ष मनाउँदै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij