प्रदेश नं ५ को प्रदेश सभा बैठकमा शोक प्रस्ताव पारित

प्रदेश नं ५ को प्रदेश सभा बैठकमा शोक प्रस्ताव पारित

बुटवल—प्रदेश नं ५ को प्रदेश सभाको आइतबारको बैठकले शोक प्रस्ताव पारित गरयो । पाँचौं अधिबेशनको दोस्रो बैठक प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता स्व.बलदेव शर्मा पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ खैरिया निवासी ८२ बर्षिय पोखरेलको यही माघ ६ गते आफनै निवासमा निधन भएको थियो । आइतबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाकै जेष्ठ सदस्य र अभिभावकको रुपमा रहनु भएका प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा माननिय बलदेव शर्मा पोखरेलको निधनले यो प्रदेशलाई अपुरणीय क्षती पुगेको उल्लेख गरेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रदेशसभामा नेता पोखरेलको भूमिकाको उच्च सम्मान गर्दै स्वर्गीय पोखरेलप्रति प्रदेशसभा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गदर्छ सभामुख घर्तीले प्रदेशसभामा पेश गरेको शोक प्रस्तावमा भनिएको छ । सभामुख घर्तीले प्रस्तुत गरेका शोक प्रस्ताव प्रदेशसभाले सर्वसम्मत रुपमा पारित गरयो । शोक प्रस्ताव सगै स्व.पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रदेश सभामा एक मिनेट मौनधारण गरीयो । संसदको अर्को बैठक माघ २२ गते बस्नेगरी स्थगित भएको हो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij