नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f ;f]daf/ /fi6«klt sfof{no lztnlgjf;df /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]kgLotfsf zky lng'x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

काठमाण्डौ – प्रतिनिधि सभाका नवनिर्वाचित अग्निप्रसाद सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिनु भएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।
सपथग्रहणपछि सभामुखका सपरिवारले सामूहिक तस्बिर खिचाउनु भएको थियो । प्रतिनिधि सभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
यसैबीच सापकोटामाथि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सोमबार नै सुनुवाइ हुँदैछ । गएको शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै दायर गरेको रिटमा अधिवक्ता सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो ।
आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि सोमबार सुनुवाइ हुन लागेको हो । आइतबार सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलास तोकिएकोमा फुयाँलले यो रिट आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij