राजनीति नेकपा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

राजनीति नेकपा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ।

बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वयको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो । पार्टीका महासचिव विष्णु पौडेलले संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।

बैठकमा पेश भएका प्रस्तावहरुमाथि बिहीबारबाट छलफल सुरु हुनेछ । छलफलका लागि १५ वटा समूह बनाइएको महासचिव पौडेलले बताउनुभयो । ‘छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ वटा समूहमा विभाजन गरिएको छ ।

‘शुक्रबार १ बजेसम्म समूहको छलफल जारी रहने छ । त्यसपछि समूह नेताबाट रिपोर्टहरु प्रस्तुत हुनेछ । बैठकको कारबाही अगाडी बढ्ने छ’, पौडेलले भन्नुभयो ।

यसअघि बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । पार्टी एकतापछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

प्रकाशित मिति : बुधबार, माघ १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij