काठमाडौं
नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ। सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदहरुले गरेका हुन् । नेपाली कांग्रेसका सांसद डा। अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचार सुशासन अन्तर्गत पर्दैन भनेर नुहने बताउँदै यसबारेमा समितिमा बृहत छलफल हुनुपर्ने बताए। ुसेना सुरक्षा दिने निकाय हो की ठेक्का पट्टा गर्ने निकायरुु, भोजभतेर गर्ने निकाय हो मेडिकल चलाउने निकाय होरु’, उनले प्रश्न गरे, ुअख्तियारले कुन उजुरीमा कुन मापदण्ड बनाएर मुद्दा दायर गर्छ त्यो विषयमा समितिमा जानकारी गराइयोस्।ु समितिले गठन गरेको उजुरी तथा गुनासो सुनुवाई उपसमिति सदस्य रेखा शर्माले समितिमा नेपाली सेनाको विविध सेवा नियमालीसम्बन्धी सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएको बताइन्। सैनिक हवाई सेवा र लेखा समूहका बुढा तथा व्यक्ति विकासका लागि २०७४ फागुन १४ गते उल्लेखित सैनिक योग्यताको मापदण्डलाई सैनिक अधिकारीहरुले आ(आफ्नो तरिकाले ब्याख्या गर्दा कर्मचारीहरुको वृद्धिविकासमा बाधा पुगेको उनको भनाइ थियो। शर्माले सांसद रेनुका गुरुङले २०७५ भाद्र २१ गते दिएको उजुरीमा सम्पत्ति छानबिन गर्ने सम्बन्धमा बहालवाला सेनालाई पनि अख्यितारको दायरभित्र ल्याउन माग गरिएको बताइन्। उपसमिति सदस्य नवराज सिलवालले धेरै उजुरीहरु सम्बन्धित निकायले हेर्नुपर्ने भनेर बोधार्थ आएको उल्लेख गर्दै सम्बन्धित निकायमा पठाएको बताए। राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धित उजुरीहरु गम्भीर रहेको उल्लेख गर्दै सिलवालले कुनै आपराधिक घटना, विस्फोटको घटनाका विषयमा सम्बन्धित निकायमा सूचना दिने गरिए पनि कारवाही गर्नुपर्ने निकायले वास्ता नगरेको बताए। क्षेत्रीमाथि छानबिन संसदीय समितले काठमाडौं(निजगढ द्रूतमार्गसहितका विभिन्न ठेक्का र खरिदमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ६ अर्बभन्दा बढी अनियमितता गरेको आरोपसहितको उजुरीबारे अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ उपसमितिले क्षेत्रीको सम्पत्ति छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगला जिम्मेवारी दिनुपर्ने सिफारिस समितिलाई गरेको छ। समितिमा नेकपाका सांसदद्वय रेखा शर्मा र नवराज सिलवाल तथा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू सदस्य थिए। उपसमितिले प्रतिवेदन बुझाएपछि राज्यव्यवस्था समितिको बैठकबाट पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो। क्षेत्री प्रधानसेनापति हुँदा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो। त्यही निवेदनका आधारमा अध्ययन गर्न गठित राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनका आधारमा अख्तियारलाई पत्र पठाउने निर्णय गरिएको समितिका सदस्य अमरेशकुमार सिंहले बताए। उपसमितिले बुझाएको प्रतिवेदनमा राजेन्द्र क्षेत्रीमाथि अनुसन्धान हुनुपर्ने कुरा पनि समावेश गरिएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्