अरविन्द केजरीवाल तेस्राे पटक दिल्लीका मुख्यमन्त्री बने

अरविन्द केजरीवाल तेस्राे पटक दिल्लीका मुख्यमन्त्री बने

काठमाण्डौ
आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए ।
केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।
आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता पठाएको छ । यद्यपि प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका छन् ।
यसका साथै दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।
केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन अपिल गरेका थिए । शपथ ग्रहण समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।
गएको फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजा त्यसको तीन दिनपछि आएको थियो । जसअनुसार आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काङ्ग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन ।
अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij