भारतमा कोरोना संक्रमितको संख्या २८

भारतमा कोरोना संक्रमितको संख्या २८

भारत

भारतमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दैै भारतका स्वास्थ्यमन्त्री हर्ष बर्द्बनले भारतमा कोरोना संक्रमितको संख्या २८ पुगेको जानकारी दिए। क्वारेन्टाइनमा राखिएका १६ इटालीका पर्यटकमा कोरोनाको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेको हो। हर्ष बर्द्बनका अनुसार पछिल्लो समय आगराका छ जनामा कोरोनाको संक्रमण देखिएको छ। कोरोनाको परीक्षणको लागि चारवटा प्रयोगशाला थपिने उनको भानाइ छ। पहिले १५ वटा प्रयोगशालामा संक्रमितको परीक्षण गरिरहेको थियो। यससँगै भारतमा १९ वटा प्रयोगशालामा कोरोना संक्रमितको परीक्षण हुने छ। भारत आउने प्रत्येक विदेशी नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिए। यसभन्दा अगाडि १२ वटा मुलुकका नागरिकका स्वास्थ्य परीक्षण गरिन्थ्यो।यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सचेत रहन आग्रह गरेका छन्। प्रधानमन्त्री मोदीले भने,’ यसबाट डराउनुपर्ने कुनै जरुरी छैन।’ उनी यसपटकको होलीमा सहभागी हुने छैनन्। विज्ञहरुले भीडभाडमा नजानलाई आग्रह गरिसकेका छन्। विश्वभर कोरोनाको प्रकोप फैलँदै गर्दा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमित फैलिएको हो।  ९२ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ। कोरोनाले ३२ सय भन्दाबढीको ज्यान लिइसकेको छ। ७० भन्दा बढी राष्ट्रमा कोरोना, कोभिड-१९ फैलिइसकेको छ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij