पोखरेलको निधनभएपछि प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्यमा शंकर गिरी चयन

पोखरेलको निधनभएपछि प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्यमा शंकर गिरी चयन

बुटवल ।
विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन हुनुभएको छ। नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त हुनुभएको हो ।
निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ ।
निर्वाचन आयोगले गिरीलाई आइतबार निर्वाचित भएको घोषणा गरेको र छिट्टै राजपत्रमा प्रकाशित गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । उहाले ‘आयोगबाट निर्णय भएको छ, राजपत्रमा प्रकाशित गर्ने र प्रदेश प्रमुखलाई लेखेर पठाउने बताउनुभयो
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई जानकारी गराएपछि प्रदेश प्रमुख कार्यालयले प्रदेश सभालाई जानकारी दिने र सभामुखबाट सपथग्रहण लिएपछि गिरीले प्रदेशसभामा प्रवेश पाउनुहुने छ।

करिब ५ दशकदेखि गिरी दाङ कांग्रेसका पुराना र सक्रिय नेता मा रुपमा चिनिन्छ । उहालाइ वीपीको समाजवाद र दर्शनका अनुयायी, कुशल राजनीतिज्ञ भनेरसमेत चिनिन्छ ।

उहाले २०२७ साल पुस १ गते १६ वर्षको कलिलो उमेरमा तत्कालीन राप्ती अञ्चलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीति सुरु गर्नुभएको थियो ।

गिरी कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पेस्तोल काण्डमा नेपालगन्जमा होस् या २०३८ सालको आमनिर्वाचन वहिष्कार गर्दा या २०४२ सालको सत्याग्रहका बेला उनी दाङमा जेल पर्नुभएको थियो ।
नेपालगन्जदेखि दाङमा पटकपटक गरी गिरफ्तार, हिरासत तथा नजरवन्दमा परेका गिरी पटक पटक पार्टीको आन्तरिक गुटबन्दीको शिकार भएका थिए ।
वीपी कोइरालाद्वारा अनुमोदित २०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको सचिव भएका गिरी २०४० सालमै राप्ती अञ्चल केन्द्रीय सम्पर्क समितिको सदस्य हुनुन्थ्यो । उनले पार्टीको नवौं, दशौं, एघारौं, बाह्रौं र १३औं महाधिवेशनमा प्रतिनिधित्व गर्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij