काठमाण्डौँ ।
आन्तरिक विवाद वढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाक्न दवाव परेको छ ।
स्वास्थ्य उपकरण खरिदलगायतका बिषयमा धमाधम पार्टीका नेताहरु मुछिन थालेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक डाक्न अध्यक्षद्धयसँग माग गरेका छन् ।
पार्टीका नेताहरुको आचरणलाई लिएर प्रश्न उठ्न थालेपछि नेकपा प्रवक्ताको आग्रहमा बैठक बस्ने तयारी भइरहेको पार्टी नेताहरुको दावी छ ।
पार्टीभित्र उपप्रधानमन्त्री तथा रक्षा मनत्री इश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारका गतिविधिप्रति तिव्र असन्तुष्टि छ ।
श्रोतका अनुसार सचिवालय बैठकको माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने मन्त्रिपरिषद बैठक वोलाउने तयारी गरिरहेका छन् ।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्