काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
कांग्रेस संसदीय दलले बुधबार बेलकी प्रेस विज्ञप्ति जारी गरेर अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने सरकारको निर्णयलाई गैरजिम्मेवार निर्णय भनेको छ ।
कोरोना भाइरस महामारीबाट प्रताडित विषम परिस्थितिमा अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाको भत्ता रोकिनु अत्यन्त अमानवीय कार्य भएको कांग्रेसको भनाइ छ । “सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ,” प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनु पर्ने छैन भन्ने प्रावधान अनुसार दिइदै आएको सामाजिक सुरक्षा भत्तालाई कानुन र नियमविपरीत नदिने निर्णय प्रति विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्