युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता पोख्रेल

युग परिवर्तनका सम्वाहक युवा नै हुन् : कांग्रेस युवा नेता पोख्रेल

,सैनामैना
नेपाली कांग्रेसका युवा नेता विष्णु पोख्रेलले युग परिवर्तनका सम्बाहक युवापिढी भएको बताउनुभएको छ । शनिबार रुपन्देहीको गैडहवा गाउँपालिका वडा न७ सुर्यपुरामा भएको नेतृत्वका लागी युवा अभियान अन्र्तगत भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सो कुरा बताउनुभएको हो । रुपन्देही क्षेत्र नं ५ को ‘क’ वाट प्रदेश सभासदस्यका पुर्व प्रत्याशि समेत रहेका विष्णु पोख्रेलले युवाहरुको ठुलो जमात देश र समाजको मुल प्रवाहवाट टाढा हुदै गएको प्रति दुखेसो पोख्दै युवाहरुको नेतृत्वले नै देशको समुन्नत विकास गर्न सकिने जिकिर गर्नुभयो ।

बर्तमान सरकार रेमिटान्स भित्राउने दाउमा सक्षम युवाहरु विदेश पलायन गर्ने तर्फ आर्कषित भएको आरोप लगाउदै उहाँले अवको आवश्यकता स्वदेशमै रोजगारको अवसर दिनुपर्नेमा जोड दिनुभयो । तिन तहको सरकाले युवाहरुका लागी कुनै कार्यक्रम ल्याउन नसकेको आरोप उहाँले लगाउनुभयो ।

उहाले युवा भित्र भएको उर्जा र निराशालाई राज्यले समयमै चिन्न सकेन भने देश प्रगतिको बाटोमा जान नसक्ने ठोकुवा समेत गर्नुभयो ।अधिकार प्राप्त गर्नका लागी युवाहरुले हरेक क्षेत्रको अनुभव लिई सक्षम हुन आवश्यक रहेको कुरा पोख्रेलले औंल्याउनुभयो ।कार्यक्रम रमेश कुमार नाउँको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायत ३सय युवाहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij