केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन्।

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।
केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको शर्माले जानकारी दिए।
‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ, भारतका समाचार हेर्ने पनि हुनुहुन्छ। त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खोलेका हौं’, उनले भने।
हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको उनले बताए।
प्रकाशित मिति : सोमबार, असार २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्