एक दर्जनभन्दा बढी स्थानमा गएको साना–ठूला पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
सोमबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत छुट्टाछुट्टै स्थानमा गएको पहिरो हटाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक ९इन्सपेक्टर० दयाकृष्ण भट्टले बताएका छन् ।
प्रहरी निरीक्षक भट्टका अनुसार सेती दोभान, पन्ध्र किलो, सत्र किलो, गाईघाट, चार किलो लगायतका स्थानमा ठूला पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । यसका साथै, अन्य ६ स्थानमा गएको साना पहिरोहरु हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यस्तै, बिहान सत्र किलोमा १।५ फिट पिच सडक त्रिशूली नदीतिरको भागमा भासिएकोले एकतर्फी रुपमा मात्रै सडक सञ्चालन भएको थियो । प्रहरीले उक्त स्थानमा पनि सडक मर्मत भएको र सवारी आवागमन सुचारु भएको जनाएको छ ।
प्रकाशित मिति : सोमबार, असार २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्