विश्वविद्यालयमा दलित अध्ययन बारे त्रिभुवन विश्वविद्यालयमा बहस

विश्वविद्यालयमा दलित अध्ययन बारे त्रिभुवन विश्वविद्यालयमा बहस

 

किर्तिपुर –रुकुम पश्चिम नरसंहार र यस विच जातीय आधारित भएका हत्याहिंसाको विरोधमा किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विधार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् |

आन्दोनलमा युवा विधार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा ” विश्वविधालय र दलित अध्ययन ” कसरि भैरहेको छ ? के के तयारी छ ? कस्तो हुनुपर्ने हो भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर साथै विज्ञहरु विच बहस सम्पन्न भएको छ | बहसमा समाजशास्त्र केन्द्रिय विभाग प्रमुख सह-प्रा.डा टिकाराम गौतमले आजको समयमा समाज रुपान्तरणका निम्ति दलित अध्यान महत्वपूर्ण रहेको र त्यसका निम्ति विभागले विभिन्न तहमा दलितबारे पाठ्यपुस्तकमा समाबेश गरिरहेको उल्लेख गर्दै समाजशास्त्रमा दलित बारे धेरै शोधपत्र लेखिएका छन् त्यसलाई जोनार्लमा झिक्नु पर्ने र अब दलित र महिला बारे गरिने शोधपत्रमा विभागले केहि आर्थिक सहयोगको सुरुवात गरेको बताउनु भयो |

त्यस्तै प्रोफेसर मधुसुधन शुवेदीले ३० -४० वर्ष अघि दलित अध्ययन गर्नु पर्ने भन्ने प्रमुख थिएन तर अहिले समाजशास्त्र र मानवशास्त्रले कलास र काष्ट बारे अध्ययन गर्नु सकारात्मक पक्ष हो | अहिले आफुहरु दलित अध्ययनलाई विभिन्न तहको पाठ्यपुस्तक राख्न लागिरहेको उल्लेख गर्दै, लोकतन्त्र बलियो भए यो दलित मुद्दा पनि बलियो हुने र दलित अध्यान बारे सबैले आ-आफ्नो ठाउबाट लाग्नुपर्ने उल्लेख गर्दै यो मुद्दा गैरदलितको रहेको बताउनु भयो |

समाज, जीवन पदति बुझ्नका लागि दलित अध्ययन केन्द्रको महत्वपूर्ण भूमिका रहेने र त्यसका लागि राज्यले पहल कदम गर्नु पर्नेमा होड दिदै अहिले वर्षमा प्लस टु बाट पिएचडी सम्म ५ लाख भन्दा वढी विधार्थीहरुले दलित अध्यायन गर्न पाएको बताउनु भयो |

उप-प्रा.डा. गगाराम विश्वकार्माले अब अन्तर विभागहरुले आपसमा सहाकार्य गर्नु पर्ने भन्दै दलित अध्ययन सामाजिक मनोवैज्ञानिक समस्या भएकोले यसका लागि विश्वविद्यालय चेतना माध्यम बाट यसको समाधान जोड दिदै दलित बारे अध्यानका निम्ति धेरै विषयवस्तुहरु जस्तो दलितको सिप ज्ञान त्यस सग जोडिएका रोजगारी, उत्पादन, बजार जस्ता विषय रहेको उल्लेख गर्नु भयो |

त्यसतै समाजशास्त्री राज्यलक्ष्मी गुरुङले विश्वविधालयले आफ्नो धार के हो स्पष्ट बनाउनु पर्ने भन्दै दलित महिलाहरु अरुमा मात्र केन्द्रित नभएर आफैले ज्ञानको व्याख्याविश्लेषण गर्नु पर्ने र ज्ञानको मूल स्रोतका निम्ति वातावरण र आफु तयारी हुनुपर्नेमा जोडदिनु पर्ने उल्लेख गर्नुभयो |

त्यसतै अनुसन्धानकर्ता तथा लेखक तेज सुनारले दलित अध्ययन केन्द्रको उल्लेख गर्दै अबका दिनमा दलित बारे खोजअध्यान अनुसन्धान गर्नु पर्ने र विश्वविधालयले दलित विधार्थीको लागि अध्यान अनुसन्धानका निम्ति वातावरण तयार गर्नु पर्नेमा जोड दिनुभएको थियो | सडक बहस रवि सेन्चुरीको अध्यक्षता, निर्मल आर्चार्य स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij