नवलपरासी ।
नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडानम्बर ६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नदी किनारमा शव भेटिएको हो ।
गैँडाकोट–७ स्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । असार ३० गते मंगलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो । मंगलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको हो ? भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिनुभयो ।
चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । चालिसेको मृत्यु शंकास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अघि बढाएको थापाले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, साउन १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्