साउन ।
उच्चा शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान रुपन्देहीले हाल कक्षा ११ बाट १२ मा स्तरउन्नती भएका विद्यार्थीहरुका लागि संचालन गर्ने भनिएको अनलाइन कक्षाहरु स्थगन गर्ने निर्णय गरेको छ ।
आज बुटवलमा बसेको हिसान रुपन्देहीको कार्यसमिति बैठकले अर्को निर्णय नहुँदा सम्मका लागि सवै अनलाईन कक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
बैठकले कक्षा ११ को भर्ना पूर्वका सम्पूर्ण प्रकृयाहरु पुरा गरी नयाँ भर्नाका लागि तयारी अवस्थामा रहन समेत सदस्य विद्यालयहरुलाई निर्देशन दिएको छ ।बैठकले कक्षा ११ को बार्षिक परिक्षा संचालनमा एकरुपता कायम गरी सम्भाव्यता अध्ययनका लागि कार्यदल समेत गठन गरेको छ । संस्थाका बरिष्ठ उपाध्यक्ष दिनेश भूषालको संयोजकत्वमा तीन सदस्य कार्यदल बनाएको छ । जसको सदस्यमा कार्यसमिति सदस्य बाबुराम बन्जाडे र कृष्ण प्रसाद गैरे रहेका छन् । सो कार्यदललाई कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्दा देखिने समस्या र ती समस्याको समाधान सहितको प्रतिवेदन तयार गर्न जिम्मा दिइएको छ । कार्यदलले एक हप्तामा प्रतिवेदन तयार पारी समितिमा पेश गर्नेछ ।
हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता, सचिव पुष्प घिमिरेका संचालन तथा उपाध्यक्ष मधु प्रकाश ज्ञावालीको स्वागतमा बैठक सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्