बुटवल
विपिको ३८ औं स्मृति दिवशको उपलक्ष्यमा विपि बिचार राष्ट्रिय समाज तिलोत्तमाले आज मास्क बितरण गरेका छन । कोरोना माहामारीबाट जोगीन सुसुचित गर्ने उद्येस्यले विपि बिचार राष्ट्रिय समाज तिलोत्तमाले पनि आज मणिग्राम चोकमा एक हजार थान मास्क बितरण गरेको छ । समाजका अध्यक्ष कल्याण पौडेल, काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकाल, जिल्ला सचिव रामकृष्ण खाँण,महिला संघका सभापती गंगा शाही, समाजका सल्लाहकार बिष्णु पोख्रेल, सहसचिव बाबुराम पन्थी लगायतले मास्क बितरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेस रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकालले आम जनता कोरोना महामारी र त्यसले नीम्त्याएको आर्थिक संकटबाट गुर्जीरहदा सरकार भने भ्रष्टाचार र कुर्सीको खेलमा लीप्त भएको बताउनु भयो । कोभिड सम्बन्धी स्वास्थ्य सामाग्री खरीदमै भ्रष्टाचार गरेर बदनाम भएको सरकारले परराष्ट्र नीतिमा समेत फेल खादा विश्व सामु आम नेपालीको शिर नीहुरीएको नेता ढकालले बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि रामकृष्ण खाँणले सरकार र भ्रष्टाचार एउटै सिक्का दुइ पटा जस्तै भएको बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले कोभिड १९ र यसले निम्त्याएको जटिल परिस्थितीबाट देश र जनतालाइ बचाउन काँग्रेसले रचनात्मक भुमीका खेल्नु पर्ने बताए ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्