बुटवल-प्रदेश नं. ५ मा साउनको पहिलो साता बितिसक्दा पनि रोपाँइ सकिएको छैन । अहिले सम्म प्रदेश नं. ५ मा ९४ं.८४ प्रतिशत रोपाइँ सकिएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका बाह्र जिल्ला मध्ये रुपन्देही,प्युठान र नवलपरासीमा मात्रै रोपाइ सकिएको छ । बाँकी ९ वटा जिल्लामा रोपाइ अन्तिम चरणमा पुगेको प्रदेशको कृषि निर्देशनालयका प्रमुख यामनारायाण देवकोटाले बताउनु भयो । प्रदेशमा कुल ३ लाख ३४ हजार ६ सय ७५ हेक्टर जमिनमा धान खेती हुन्छ । त्यसमध्ये हाल ३लाख १७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ सकिएको निर्देशनालयका प्रमुख देवकोटाले जानकारी दिनुभयो ।
प्रदेश सरकारको कृषि विकास निर्देशनालयका अनुसार रुपन्देहीमा कुल धान खेतीयोग्य जमिन ६९ हजार ७ सय हेक्टरमा रोपाइ भएको छ भने प्यूठानमा ६ हजार २ सय हेक्टर र नवलपरासी पश्चिममा २३ हजार १ सय ७५ हेक्टरमा धान रोपिएको छ । यी तीन वटा जिल्लामा असारमै रोपाइ सकिएको हो ।
रोल्पामा कुल धान खेतीयोग्य जमिन ४ हजार ८ सय ९० रहेकोमा ४ हजार ४ सय १ हेक्टर अर्थात ९० प्रतिशत, रुकुमपूर्वमा २ हजार १ सय धान खेतीयोग्य जमिनमा १ हजार ९ सय ३४ अर्थात ९२. १० प्रतिशतरोपाइ सम्पन्न भएको छ ।
यसैगरी बर्दियामा कुल धान खेतीयोग्य जमिन ५२ हजार २ सय ५० हेक्टरमा ९९ प्रतिशत,बाकेमा ३७ हजार ५ सय हेक्टर मध्य ९८ प्रतिशत, दाङमा ३८ हजार ६ सय १० हेक्टरमा ९० प्रतिशत, कपिलवस्तुमा ७१ हजार ५ सय हेक्टरमा ९५ प्रतिशत, अर्घाखाँचीमा ८ हजार ६ सय ५० हेक्टर मध्य ७५ प्रतिशत , गुल्मीमा ९ हजार ८ सय ७५ हेक्टरमा ६० प्रतिशत र पाल्पामा ९ हजार १ सय हेक्टर मध्य ८५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकृत कामना अधिकारीले बताउनुभयो । केही दिनदेखिको अविरल वर्षाले पहाडी जिल्लाका केही भागमा रोपाइँ प्रभावित भएपनि यसवर्ष धान रोप्ने मुख्य समयमा लगातार वर्षा भइरहेकाले साउन १५ गते अगाडीनै रोपाइँ सम्पन्न हुने उहाको भनाइ छ ।
प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्