काठमाडौं ।
लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट हिजो नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारा अधिकारीले जानकारी दिनुभयो ।
मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता अधिकारीले बताउनुभयो।
मण्डल र गुरुङ जिल्ला राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार लमजुङबाट करार सेवामा नियुक्त भई सो गाउँपालिकामा कार्यरत थिए ।
प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्