बुटवलमा मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुदै

बुटवलमा मानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुदै

बुटवल
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले माानित विश्वविद्यालय सम्बन्धी अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । २०३८ सालमा जनस्तरवाट स्थापना भई सञ्चालनमा आएको क्याम्पसले पाँच वटा आफ्नै स्वायत्त कार्यक्रम संचालन गरिरहेको छ ।
निकट भविष्यमै मानित विश्वविद्यालयमा रुपान्तरण हुने लक्ष्यका साथ अगाडी बढिरहेको क्याम्पसले श्रावण १० गते प्रदेश सरकार प्रदेश ५ का माननीय मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, नगर प्रमुखहरु, उद्योग वाणिज्य संघ तथा व्यापार संघका अध्यक्षहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विद्यार्थी संगठन, पत्रकार , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया तथा प्रतिवद्धतात्मक कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रमवाट क्याम्पसले मानित विश्वविद्यालय स्थापनार्थ आवश्यक जग्गा व्यवस्थापनमा सहयोग, कोषहरु स्थापनार्थ आर्थिक सहयोग, विज्ञान तथा प्रविधितर्फ आवश्यक दक्ष प्राध्यापक तथा कर्मचारीको व्यवस्थापनमा सहयोग, उत्पादित जनशक्तिलाई उचित व्यवस्थापनमा सहयोग, भौतिक पूर्वाधारहरु निर्माणमा सहयोग लगायतको प्रतिवद्धता प्राप्त हुने अपेक्षा गरेको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्धारा दोश्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरिसकेको छ भने नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयवाट २०७५ सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा र प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार प्रदेश नं. ५ वाट प्रदेश प्रज्ञा पदक द्धितिय २०७६ वाट पनि विभुषित भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij