स्याङ्जा
स्याङ्जाको वालिङ नगरपालिकामा हिजो बेलुकी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका१३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ(१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो
दुर्घटनामा जीपका सह(चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ(१२ कि ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्