रुपन्देहीमा खोलाले बगाएर आज दिउँसो दुई जना वेपत्ता

रुपन्देहीमा खोलाले बगाएर आज दिउँसो दुई जना वेपत्ता

बुटवल ।
रुपन्देहीमा खोलाले बगाएर आज दिउँसो दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियरी गाउँपालिका बस्ने ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ झोलुङ्गे पूल बस्ने १९ बर्षीय हरि दर्जीलाई तिनाउ नदिले बगाई बेपत्ता पारेको हो ।

सियरीकी ६ वर्षीया चौधरी हुजरआमसँग बाख्रा चराउन गएका बेला तिनाउ नदिमा नुहाउने क्रममा बेपत्ता भएकी हुन् भने दर्जी पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले वेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij