पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

पुर्वाञ्चलका होटलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

बुटवल।
बुटवल उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण टोलस्थित पुर्वाञ्चल होटेलका संचालक सहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आई होटेल क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना भाईरस संक्रमण भेटिएपछि बुटवल ५ राधाकृष्ण टोलस्थित पुर्वान्चल होटल शिल गरिएको थियो । अहिले होटल संचालक खगेन्द्र पौडेलसहित ४ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बुटवल अमरपथस्थित गण्डकी सिरक डसना उद्योगमा कामगर्ने कामदार भारतबाट आई सो होटेलमा बसेका ३ जनालाई कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उक्त होटेललाई शिल गरि होटल संचालक पौडेल सहित ३ जना कामदारलाई होम क्वारेन्टाईनमा राखी पिसिआर परिक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको र शिल गरिएको होटेललाई शिलमुक्त गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकारी सन्तोष पन्थीले जानकारी गराउनु भयो ।
यसैगरि बुटवलस्थित हाटबजार क्षेत्र र नगरपालिका कार्यालय ब्यबसायिक भवन क्षेत्रका ३५ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको पन्थीले बताउनुभयो । उक्त क्षेत्रमा ब्यबसाय गर्ने २ जना भारतिय नागरिकको पिसिआर रिपोर्ट पोजेटिभ आएको र लगत्तै उनीहरु सम्पर्क बिहिन भएपछि कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा यसक्षेत्रका ३५ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, साउन २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij