नेपालमा आज थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार थप ३६० जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।
विभिन्न प्रयोगशालामा ६ हजार ३ सय ५९ जनामा गरिएको परीक्षणमा थप ३६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै काेराेना संक्रमितको संख्या २१ हजार ७५० पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।
यता, काेराेनामुक्त हुनेकाे संख्या १५ हजार ३८९ पुगेकाे छ । संक्रमितमध्ये ७०.५६ प्रतिशतले काेराेना जितेका छन् । पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
कोरोनाबाट बिहीबार थप ५ जनाकाे ज्यान गएकाे मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ६५ पुगेकाे छ ।
प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्