अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिन विद्यालयहरुलाई बोर्डको निर्देशन

अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिन विद्यालयहरुलाई बोर्डको निर्देशन

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले अर्को निर्णय नहुँदासम्म तत्काल कक्षा ११ को वार्षिक परीक्षा नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ । कोरोनाका कारण बोर्डले सम्बन्धित विद्यालयरूको जिम्मा लगाएको ११ को वार्षिक परीक्षा जोखिमको अवस्था कायमै रहेको हुँदा तत्काल नगर्न निर्देशन दिएको हो ।
कतिपय विद्यालयहरूले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले सूचनामा भनेको छ, ‘कोभिड१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सो बाट विद्यार्थी तथा अभिभावहरूमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नु र नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’कोभिड११ का कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा अगाडि लिइसक्नु पर्ने व्यवस्था छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij