राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने नौ पक्राउ

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने नौ पक्राउ

काठमाडौं-राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाएर युट्युवमा अपलोड गर्ने समूहका नौजनालाई नेपाल प्रहरीले बुधबार पक्राउ गरेको छ ।

नेपालको राष्ट्रियता र जातीय सद्भाग बिथोल्ने शब्दहरु प्रयोग भएको गीतको म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौजनालाई पक्राउ गरिएको नेपाल प्रहरीले आप्mनो फेसबुक पेजमार्फत् जनाएको छ ।

केही दिनअघि ‘मंगोल हप अफिसियल’ नामक च्यानलमा ‘देशद्रोही’ शीर्षकको गीत सार्वजनिक भएको थियो । आपत्तिजनक शब्द प्रयोग गरी जातीय सदभाव खलबल्याउने शब्द प्रयोग भएको गीतमा राष्ट्रिय झण्डा जलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कारवाही माग गरेका थिए ।

प्रकाशित मिति : बुधबार, भाद्र ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij