काठमाण्डौ
अहिले देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । तर, आज दिउँसोतिर देशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँहरुमा मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको छ ।
अरु ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यसैबीच, ठूलो पानी पर्ने ठाउँ नजिकका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्क बन्न महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्