कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर ८ चप्परगाउँमा पुर्वबाट पश्चिम जाँदै गरेको लु.१ च. ५७९६ नम्बर जिप (पिकअप) ले आइतबार ठक्कर दिँदा बनगाई बस्ने लक्ष्मी देवी कोईरालाको मृत्युु भएको हो ।

मृतक कोइराला पैदल यात्रामा रहेको बेला अकस्मात् जिपले ठक्कर दिएको प्रहरीले बताएको छ । घाईते ७१ वर्षीया महिलालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा ल्याइए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयुष जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij