बुटवल।
रुपन्देहीको कञ्चन गाउँपालिकामा मंगलबार थप २३ जनामा कोरोेना भाइरस संक्रमण पुष्टि भएको छ ।
कञ्चन गाउँपालिकाले ३२ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाए मध्ये आज २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउपालिकाले जनाएको छ ।
भारतबाट आएर होम क्वारेन्टिन र गाउँपालिकाको क्वारेनटाईनमा बस्दै आएका र कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरिएकाहरुमध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिए ।संक्रमित मध्ये ७ जना कन्ट्याक ट्रेसिङका आधारमा,होम क्वारेन्टाईनमा बसेका मध्ये १५ जना र गाउपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताए ।यससँगै कञ्चन गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यस मध्ये २४ जना निको भएर घर फर्किएको गौतमले बताए ।मंगलबार पुष्टि भएका संक्रमितको अवस्था सामान्य रहेको गाउपालिकाले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्