पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

पुर्व मन्त्री मुसलमानद्धारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

बुटवल।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री वकिल मुसलमानले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउपालिकामा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेका छन् ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई कम गर्न अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र जनप्रतिनीधिहरुका लागि उक्त सामाग्री बितरण गरिएको जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्लामले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा सामग्री स्थानिय तहका प्रमुखहरुलाई हस्तान्तरण गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व बन मन्त्री वकिल मुसलमानलले कोभिड १९ को संक्रमण समुदायमा समेत फैलिन थालेकोले त्यसको संक्रमणलाई रोकथाम गर्न अग्रभागमा रही काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई कोभिड १९ को संक्रमणवाट बचाउन आफुले आफ्नै खर्चमा ब्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको बताए ।

बिषम परिस्थितीमा आम नागरिकको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान गर्दै पुर्व बन मन्त्री मुसलमानले जस्ले आम नागरिकका सेवामा हरपल खटिएका हुन्छन उनिहरुको जिवन रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको बिचार ब्यक्त गरे ।

लुम्बिनी सांसकृतिक नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनीधि राजेन्द्र प्रसाद कुर्मी र गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई पुर्वमन्त्री मुसलमानले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

दुबै स्थानिय तहका जनप्रतिनीधिहरुलाई बिशेषकोड गर्दै उनले जनप्रतिनीधि भनेका जनताका सेवक भएकोले जनताको सुख दुखसंग नजिक भएर जनताका समस्या समाधानका लागि निस्वार्थ रुपले लाग्नु पर्नेमा जोड दिए ।

पुर्बमन्त्री मुसलमानले पि पि ई ११ थान, थर्मल गन ३ थान,मास्क ५०० थान,बिशेष मास्क ३ थान र हेण्ड्स ग्लोब्स २५० जोडा प्रदान गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij