रुपन्देही-इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीले अवैध कपडा बरामद गरेको छ । लकडाउनको मौका छोपि भारतको नौतुनाबाट भन्सारछलि अवैध कपडा ल्याएको अवस्थामा आज(बिहिबार) विहान मायादेवि गाउँपालिका वडा न.४ सुण्डीबजारबाट बरामद गरिएको हो । विशेष सुराकीको आधारमा प्रहरीले लु ४ प ९४३५ नम्बरको मोटरसाइकलमा अवैध रुपमा ल्याएको अवस्थामा लेडिज सुट २६ पिस,साडी ३८ पिस लगायतका कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेथरी प्रहरी नायव निरिक्षक पदम खड्काले जानकारी दिए । साथै उक्त कपडाको बजार मुल्य अनुमानित १ लाख २० हजार पर्न जाने भनिएको छ ।
तेस्तै मोटरसाइकल चालक फरार रहेको र थप खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।केही दिन अघि बिना भन्सार तथा पास नलि खुल्ला रुपमा गुड्ने भारतिय नम्बर प्लेटका ७ वडा मोटरसाइकलाई नियन्त्रणमा लिई कावाहीलाई अघि बढाइएको नायव निरिक्षक खड्काको भनाई छ । लकडाउन बेला अवैध रुपमा हुने क्रियाकलापलाई नहुन नदिन बेथरी प्रहरीले विशेष योजना सहित गस्ती परिचालन गरेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्