रक्षा र गृहमन्त्री आइसोलेसन बसेपछि नेकपा बैठक स्थगित

रक्षा र गृहमन्त्री आइसोलेसन बसेपछि नेकपा बैठक स्थगित

काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ ।
बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij