बुटवल  झोलुङ्गेपुलको हरियाली पथबाट सिक्ने की …

बुटवल  झोलुङ्गेपुलको हरियाली पथबाट सिक्ने की …

होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिए

रुपन्देही्

रुपन्देही् समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएका परिवारलाई पुष्पच्छासहित टोलवासीले बधाई तथा शुभकामना दिएका छन् ।

बुटवल उपमहानगरपालिका १३ झोलुङ्गेपुलको हरियाली पथ निवासी प्रेमनारायण पोखरेलको परिवारलाई उपमहानगर सदस्य विष्णुकुमारी शर्मा र टोल समितिका अध्यक्ष पिताम्बर भण्डारी सहित टोलवासीले आज पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा नगरकातर्फबाट बधाई तथा शुभकामना दिनुभयो ।
गत साउन २९ गते प्रेमनारायणका छोरा लेखनाथ र बुहारी विनितामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उहाँहरु घरमै आइसोलेशनमा बस्नुभएको थियो । आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको भन्दै पोखरेलले सबैप्रति आभार व्यक्त गर्नुभयो ।

उपमहानगर सदस्य शर्माले सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहन आग्रह गर्नुभयो ।

“सर्तक रहँदा रहँदै पनि कोरोना लाग्न सक्छ तर लाग्यो भनेर छिमेकी र आफन्त नै टाढिने हो भने सङ्क्रमितको मनोबल खस्किन्छ । त्यसैले उहाँहरुलाई हौँसला बढाउन जरुरी छ”, उहाँले भन्नुभयो, “सङ्कमण हुँदा मात्रै होइन निको भइसकेपछि पनि समाजमा घुलमिल हुन गाहे नहोस् भन्नका लागि टोलको यो प्रयास पनि सहननीय छ ।”

आइसोलेशनमा रहेका बेला उपमहानगरपालिकाका प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि घरमै आएर स्वास्थ्य लाभको कामना गर्दा थप हौँसला मिलोको बताउँदै पोखरेल परिवारले उच्च मनोवलका साथ स्वास्थ्य लाभ गर्न सफल भएको अनुभव सुनाउनुभयो । पछिल्लो समय बुटवलका विभिन्न वडामा कोरोना भाइरस सङ्क्रमण बढेसँगै हरियाली पथका दुई परिवारका सदस्यलाई कोरोना पुष्टि भएको थियो ।

पोखरेल परिवारले स्वास्थ्य लाभ गरे पनि अर्को परिवारका सदस्यहरु भने होम आइसोलेशनमै हुुनुहुन्छ । टोलमा सङ्क्रमित भएका परिवारको दैलोमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम निरन्तर भइरहेको टोल विकास समितका अध्यक्ष भण्डारीले बताउनुभयो ।

टोलमा कोरोना सङ्क्रमण हुँदैमा कुनै पनि सदस्यले त्यस्ता परिवारका सदस्यप्रति हेयभाव नराखुन भन्ने उद्देश्यले सबैलाई सचेत बनाइएको छ । “भोलि जोसुकैलाई पनि सङ्क्रमण हुनसक्छ, त्यसैले सबैले सबैलाई सहयोग, आदर र सम्मान गर्न जरुरी छ ।” स्थानीय जमुना सुवेदीले भन्नुभयो ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij