कोरोना संक्रमितहरुको आत्मवल बढाउन अध्यक्षको भेटघाट

कोरोना संक्रमितहरुको आत्मवल बढाउन अध्यक्षको भेटघाट

कञ्चन
कचन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कोरोना संक्रमित कञ्चनवासीहरुको आत्मवल बढाउन घरघरमा गई कोरोना संक्रमितहरुलाई भेटघाट गर्नु भएको छ। कोरोना संक्रमण भएपनि नियमित ब्ययाम र पोषणयुक्त नियमित खाइरहेमा जुनसुकै संक्रमणलाई पनि जित्न सकिने अध्यक्ष क्षेत्रीले सल्हाह दिनु भएको छ।
कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम समेत सहभागी रहेको भेटघाट कार्यक्रममा अध्यक्ष क्षेत्रीले आफुलाई निरास भएर होइन हरेक कुरामा सक्षम छु र जुनसुकै सक्रमणलाई सहजै पराजित गर्न सक्छु भन्ने आत्मवलका साथ नियमित ब्ययाम र पोषणयुक्त खानालाई निरन्तरता दिन आग्रह गर्नु भएको छ।
यसैगरी स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले आफुलाई कोरोना संक्रमण भएको भएपनि कुनै लक्षण नदेखिए सम्म आफु स्वस्थ भएको महसुस गरी कोरोना संक्रमणको लक्षण देखा पर्न नदिन नियमित रुपमा साबुन पानीले हात धुन र स्वास्थ्यबद्र्धक ब्यायमहरु गर्नु पर्ने सुझाव दिनु भएको छ।आफ्नो स्वास्थ्यमा कुनै जटिलता वा समस्या देखिनासाथ नजिकको स्वास्थ्यकर्मीहरु वा स्वास्थ्यशाखामा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ।
कञ्चनमा ५८ जनालाई कोरोना संक्रमण भएकोमा ३९  जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन भने होम आइसोलेसनमा १९ जना र क्वारेन्टाइनमा ५ जना रहेका छन ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij